स्पेनिसर स्टार पेड्रोले चेल्सी छाड्ने पक्का

एजेन्सी – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले सिजनको अन्त्यसँगै स्पेनिस स्टार विंगर पेड्रो रोड्रिग्वेजले क्लब छाड्ने पक्का भएको बताएका छन् ।

पछिल्लो ६ सिजन चेल्सीमा बिताएका स्पेनिस क्लब बार्सिलोनाका पुर्व विंगर पेड्रोले सिजनकै अन्त्यसँगै क्लब छाड्ने भएका हुन् । उनले अब चेल्सीबाट एफए कपको फाइनल र च्याम्पियन्स लिगको खेल खेल्नेछन् । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । पहिलो लेगमा चेल्सी ३–० ले पछि छ ।

पेड्रोले इंग्लिस प्रिमियर लिगको अन्तिम चरणको खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम प्रिमियर लिगको खेल खेले ।

Comments
Loading...