सुमित्राको ‘चट्टै माया फरर’सार्वजनिक

काठमाडौँ,१३ साउन । गायिका सुमित्रा कोइरालाको आवाजमा ‘चट्टै माया फरर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मित्रा कोइरालाको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा करिश्मा ढकाल, रीना रानाभाट र वर्षा रानाभाटले मोडलिङ गरेका छन् । दिपक बिष्टको सम्पादन रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।

 

 

 

 

कोराना भाइरसका कारण माइती जान नपाएकी एक चेलीको मर्मलाई गीतले प्रस्तुत गरेको छ ।

Comments
Loading...