सराङकोटमा आधुनिक दृश्यावलोकन टावर बन्दै

पोखरा,१३ साउन। सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले वृहत्तर सराङकोट गुरुयोजना अन्तर्गत भ्यू टावर निर्माण शुरु गरेको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमारु दुई करोड लागतमा आधुनिक भ्यू–टावर निर्माण कार्य शुरु भइरहेको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित सो स्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास गर्ने लक्ष्य सहित समितिले विकासको गुरुयोजना निर्माण गरी विकासका पूर्वाधार निर्माण कार्य अघि बढाएको हो ।

पोखरा बजारबाट उत्तर पश्चिममा अवस्थित सराङकोट डाँडा सुर्योदय,सुर्याष्त तथा ताल तलैया र माछापुच्छ«े, अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकनका लागि प्रख्यात रहँदै आएकामा आधुनिक भ्यू–टावर निर्माण गरी थप पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ ।पोखरा भित्रिने अधिकाँस स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा फेवातालपछि सराङकोट रहने गर्दछ ।

चार तलाको भुकम्प प्रतिरोधात्मक क्षमताको आधुनिक भ्यू –टावरको पहिलो चरणको काम चालू आर्थिक वर्षभित्रमानै सम्पन्न गर्ने लक्ष्य रहेको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

समितिको नेतृत्वमा बृहत्तर गुरुयोजना अन्तर्गत भ्यू टावर सहित शिव मन्दिर निर्माण, बहुउद्धेश्शीय भवन, ५१ फिटको शिवमूर्ति, १०८ शिवलिङ्ग, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर निर्माण कार्य अघि बढाइएको हो ।विशाल बुद्ध मन्दिर तथा बुद्धमूर्ति स्थापना गर्ने, ऐतिहासिक सङ्ग्रहालय, बालउद्यान, पार्क फुटट्रयाक, हेलीप्याड, वनभोज स्थल आदि निर्माण गरिने गुरुयोजनामा समेटिएको छ ।

“प्राकृतिक रुपमा महत्वूर्ण सराङकोटलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने गुरुयोजना अनुसार अहिले काम भइरहेको छ । गुरुयोजना अन्तर्गतको भ्यू–टावर निर्माणले समेत पर्यटन प्रवद्र्धनमा थप योगदान पु¥याउने विश्वास लिएका छौँ।” अध्यक्ष जिसीले भने ।
यसअघि सराङकोटमा आयोजना गरिएको महायज्ञमा बुद्धको विशाल मूति स्थापनाका लागि दानविर आरडी लामाले रु सात करोड १० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

विसं २०६४ देखि समितिले वृहत्तर सराङकोट धार्मिक पर्यटन क्षेत्रका लागि विभिन्न समयमा महायज्ञबाट आर्थिक सङ्कलन, सरकारी, स्थानीय स्तर तथा दातृ निकायबाट विभिन्न निर्माण कार्यहरू गर्दै आए पनि गौतम वुद्धको विशाल मूर्ति स्थापनामा जग्गा प्राप्ती नहुँदा निर्माण कार्य अलपत्र परेको समितिका सदस्य कृष्ण थापाले बताए ।

Comments
Loading...