अनलाइन कक्षाका लागि एनसेलको सस्तो अफर

काठमाडौँ,१४ साउन । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक संस्था एनसेल प्राइभेट लिमिटेडले अनलाइन कक्षाका लागि सुलभ दरमा सेवा दिने भएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक, शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्दछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिन्छ ।

यस विषेश योजनाअन्तर्गत विद्यार्थीले मासिक रु २५० (करबाहेक) मा अनलाइन कक्षाका लागिआवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजीरफोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टक टाइम, ५० मिनेट अन नेट टक टाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् । यसैगरी मासिक रु ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।

समझदारी पछि एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “ विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पुर्याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।”हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए ।

Comments
Loading...