दवाडी नौ दिनसम्म पनि फेला नपरेपछि परिवार चिन्तामा

पोखरा, १६ साउन । मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी घर भई हाल भई पोखरा–२९ भण्ढारढिक आदर्श चोक बस्दै आएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।

यही साउन ८ गते बिहान ४ बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिए ।

परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको परिवारले जनाएका छन् ।

कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

Comments
Loading...