कोरोनाका कारण नेपालमा थप चार जनाको मृत्यु

पोखरा,१६ साउन । बन्दाबन्दी खुले लगत्तै नेपालमा कोरोना संक्रणमा समेत वृद्धि भएको छ । आवश्यक सुरक्षा उपायको पालना नहुँदा संक्रमणले महामारीको रुप लिन सक्ने आशंका गर्न थालिएको छ । शुक्रबार एकै दिनमा चार जनाको कोरोनाबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्जका तीन तथा ललितपुरका एक जनाको मृत्यु भएको छ । विरगञ्च महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । त्यसैगरी विरगञ्जकै वडा नम्बर–१६ का ३५ वर्षका पुरुष तथा विरगञ्ज–२ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ गतते मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा.गौतमले बताए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Comments
Loading...