मारुती सुजुकीको पेट्रोल इन्जिनको ब्रेजा गाडी पोखरामा विक्री शुरु

पोखरा,१२ साउन । मारुती सुुजुकी ब्राण्डको पेट्रोल इन्जिन जडित भिटारा बे्रजा गाडीको पोखरामा विक्री शुभारम्भ गरिएको छ ।

सुजुकीको पोखरा तथा यस क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले सोमबार सोे गाडीको विक्री आरम्भ गरिएको जनाएको छ ।
बतासका प्रमुख अपरेटिङ अफिसर(सिओओ) राजेश रानाभाट तथा डेपुटी महाप्रवन्धक विश्वमणी भण्डारीले एक हजार ५०० सिसी क्षमताको पेट्रोल इन्जिनको सो गाडी सार्वजनिक गरेका हुन् ।

भिएक्सआई र जेडएक्सआइ भेरियन्टमा उपलव्ध यस गाडीको मुल्य रु ४१ लाख ६९ हजारदेखी रु ४४ लाख ६९ हजारसम्म रहेको छ ।
शुभारम्भका अवसरमा ५० गाडीसम्म विक्री गर्दा शुरुआती मुल्यमा रु तीन लाख ७० हजार छुट प्रदान गरिने मारुती सुजुकीका प्रवन्धक नवराज अधिकारीले जानकारी दिए ।

चार वर्र्ष अघि सार्वजनिक गरिको ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्यमा रहेको र नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी आकर्षक र शक्तिशाली भएको कम्पनीको दावी छ ।

ब्रेजामा संस्करणमै पहिलो पटक डुअल च्याम्बर एलइडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिङ लगायतका विशेषता रहेको बताइन्छ । टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमाण्ड, स्मार्ट की, एलइडी फगल्याम्प, कु्रज कन्ट्रोल लगायत सुरक्षा प्याकेजलार्ई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

“नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्र्टी र पावरफुल भएर आएको छ, हामीलाई विश्वास छ यो नयाँ एसयुभीले गण्डकी धौैलागिरी क्षेत्रका ग्राहकको मन जित्ने छ।” विक्री प्रवन्धक अधिकारीले भने,“पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै बढी कसैसँग नभएको फिचरहरु समेत छन् ।”

सो गाडी सार्वजनिक गर्ने कार्यक्रममा पहिलो बुकिङ गर्ने आदर्श श्रेष्ठलाई चावी हस्तान्तरण गरिएको सेल्स म्यानेजर विकी गुरुङले बताए । नेपालमा सुजुकी ब्राण्डका कारको आधिकारीक विक्रेता सिजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प रहेको छ ।

Comments
Loading...