पोखरा,१ भदौ । आफ्नै शिशुको हत्या अभियोगमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
तनहुँ व्यास नगरपालिका–६ घर भई हाल कास्कीको रुपा गाउँपालिका–४ खाल्टे वस्ने ३३ वर्षीया रिता मल्ल सिँहलाई नवजात शिशु हत्या अभियोगमा पक्राउ गरी ज्यान सम्वन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुबास हमालले जानकारी दिए ।
गत साउन २७ गते रुपा गाउँपालिका वडा नं ३ टाकान्जा भन्ने स्थानमा भर्खरै जन्मेको नवजात शिशुको शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट अनुसन्धान टोली खटिई गई अनुसन्धान गर्ने क्रममा आइतबार मल्ललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनाउ हमालले बताए ।