स्मार्ट कनेक्ट फिचर सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी बजारमा

काठमाडौं,२ भदौ । स्मार्ट कनेक्ट फिचर सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक भएको छ ।

नेपालमा लागि टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो फेसबुक पेज वाहेक अन्य प्रतिष्ठित सामाजिक सञ्जालमार्फत सो बाइक सार्वजनिक गरेको हो ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सो बाइक सार्वजनिक गरे । सो अवसरमा प्रतिष्ठित कलाकारहरुले सांगीतिक प्रस्तुति समेत गरेका थिए ।

बाइकमा नेभिगेसन, लिन एंगल मोड, लो फ्युल इन्डिकेसन, पम्प नेभिगेसन, क्र्यास अलर्ट आदि विभिन्न फिचर प्रयोग गर्न सकिन्छ ।स्मार्ट कनेक्ट फिचर र फरक स्टाइल वाहेक सो बाइक बेस्ट–इन–क्लास र फर्स्ट–इन–सेगमेन्ट फिचर रहेका छन् ।

बाइकमा रेसरहरुका लागि उपयोगी हुने रेस टेलिमेट्री रहेको छ । यसमा भएको स्मार्ट कनेक्ट एप प्रयोग गरी रेसरका विभिन्न प्यारामिटर रेकर्ड गर्न सकिन्छ । रेसरले टेलिमेट्री स्क्रोल गरी विभिन्न डाटा हेर्न सक्छन् ।

यसलाई टर्न–बाई–टर्न नेभिगेसनको रुपमा प्रयोग गर्न पनि सकिन्छ । सिंगल ट्रिप वा मल्टिपल टुर मोडमा राखेर विभिन्न स्टपहरु नेभिगेट गर्न सकिन्छ । बाटोमा पर्ने हस्पिटल, रेष्टुराँ आदिमा रोकिनका लागि पनि फिक्स गर्न सकिन्छ ।

Comments
Loading...