पोखरामा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु, हवल्दार गम्भिर घाइते

पोखरा,३ भदौ । पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार गम्भिभर घाइते भएका छन् ।

प्रहरी सवार मोटरसाइकललाई जीपले ठक्कर दिँदा प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा विहान १ः५०बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनामा घाइे प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घरभएका ३४ वर्षीय डम्बरबहादुर थारुको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नम्वरको मोटरसाईकलाई विहान १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग २ च २६२६ नम्वरको बोलेरो जीपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका दुबै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पु¥याइएको थियो । ठक्कर दिने जीप र जीप चालक प्रहरी नियन्त्रणमा रहेको पनाउ हमालले जानकारी दिए ।

Comments
Loading...