कोरोनाको कहरमा समेत पोखरा वृद्धाश्रममा टुटेन सहयोगीको साथ

—हरि बाँस्तोला
पोखरा,३ भदौ । पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना संक्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् ।कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको समाजका हरेक निकायहरु समस्यामा परिसरहदा त्यसको प्रभाव बृद्धाश्रममा पनि परेको थियो ।
झण्डै चार महिनाको बन्दाबन्दी र त्यस यताको संक्रमण कालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

“कोरोना संक्रमणबाट यहाँका जेष्ठनागरिकलाई जोगाउँनु चुनौति पुर्ण छ नै, अर्कोतर्पm उनीहरुको खानपान लगायतको व्यवस्थापन अर्को चुनौति छ ।” उनले भने, “संक्रमणको विद्यमान अवस्थामा पनि दाताहरुको निरन्तरको सहयोगले हामीलाई ठूलै मद्दत पुगेको छ ।”

उनका अनुसार आमाबाबालाई पालन पोषण गर्न अप्ठेरो परेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको सहजिकरणमा जनस्तर तथा बिभिन्न संघसंस्था र विदेशमा रहनु हुने नेपालीबाट समेत आर्थिक एवम् खाद्यान्न सहयोग रहदै आएको छ ।

बन्दाबन्दीको अवसरमा आप्mनो स्वास्थ्यको समेत प्रवाह नगरि १५० बिभिन्न संघसंस्था व्यक्तिबाट बृद्धाश्रमलाई सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भन्नुभयो मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, रघु वाग्ले तनहुँमार्पmत नेपाल मकाउ संगठन, नेलम्वो, पोखरा तरकारी बजार लगायतबाट नगद सहित खाद्यान्न एवम् तरकारी सहयोग प्राप्त भएको थियो ।

समाजका विपन्न,असहाय एवम् अशक्त जेष्ठनागरिकको सहारा बन्ने उदेश्यका साथ २०५३ सालमा स्थापना गरि सञ्चालनमा आएको बृद्धाश्रममा बृद्धवृद्धा र सेवकसेवीका सहित कूल ५५ जना रहनु भएको सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले जानकारी दिए ।

“घरमा आप्mना दुई जना बुबाआमालाई समेत स्याहार सुसार जस्ता सेवा पु¥याउन नसक्ने हाम्रो समाजमा विभिन्न बर्ग र समाजबाट आएको वृद्ध आमाबाबालाई पालनपोषण चुनौतीपूर्ण भएपनि सहयोगी मनहरुको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हामीलाई हौसला मिलेको छ ।” उनले भने ।

उनका अनुसार बिहान बेलुकाको दुई छाक खाना तथा चिया र खाजा, सेवकसेवीको तलव तथा अन्य सरसफाई एवम् उपचारमा समेत गरि मासिक एक लाख भन्दा बढी खर्च हुने गरेको छ । आश्रममा बौद्धिक अपाङ्ग चार जना आश्रित छन् ।

बृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक बिभिन्न रोगका औषधि सेवन गर्नुहुन्छ । बन्दाबन्दीका क्रममा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधि उपलव्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिए ।
एघार रोपनी तीन आना जग्गामा सरकारीस्तर, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट पाँच करोड भन्दा बढी रुपैयाको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भई सकेको छ ।

आश्रममा आश्रित अशक्त एवम् दिर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ मेडिक्लिनिक सञ्चालन गर्नका लागि पूर्वाधार तयर भएपनि जनशक्तिको अभावमा उचित उपयोग हुन सकेको छैन । आश्रमले एक जना नर्स सही हप्तामा एक दिन चिकित्सक उपलव्ध गराउन सम्वन्धीत निकायसंग माग गर्दै आएको छ ।

परिवारबाट अपहेली एवम् कोही आफन्त नभएका समाजका बेसहारा जेष्ठनागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व पुरा गर्दै आएको वृद्धाश्रमले यतिखेर तीनै तहका सरकारको सहयोग हुनुपर्ने सहयोगीहरुको सामुहिक धारणा रहेको छ ।

Comments
Loading...