विश्वभर कोरोनाबाट सात लाख ८९ हजारको मृत्यु

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वमा सात लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म संक्रमित हुनेहरुको संख्या २ करोड २५ लाख ३६ हजार २७८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ६५९ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो दिन ५ हजार ५५४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Comments
Loading...