देशभर ६३४ जना संक्रमित थपिए, मृतक १४६ पुगे

काठमाडौँ,६ भदौ । नेपालमा आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका मध्यमा काठमाडौँमा १६०, भक्तपुरमा ५० र ललितपुरमा छ जना छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।

त्यसैगरी नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका दुई जना, पर्साका तीन तथा बारा, सिरहा,मकवानपुरका र भक्तपुरका एक÷एक जना गरी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जनाए अनुसार सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ छ । संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको जनाइएको छ ।

Comments
Loading...