कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

पोखरा,७ भदौ । चितवनमा उपचाररत मकवानपुरका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो।ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।

ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो। तर रिपोर्ट नआउँदै मृत्यु भएको हो।

यस्तै सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौंडाका ७५ वर्षीय पुरुषमा पनि शनिबार विहानमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

Comments
Loading...