तीन सुरक्षाकर्मी सहित गण्डकी प्रदेशमा थपिए आठ संक्रमित

पोखरा,८ भदौ । गण्डकी प्रदेशमा आज विहान थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु नवलपरासी, बाग्लुङ र तनहुँमा दुई÷दुई तथा म्याग्दी र स्याङ्जाका एक÷एक जना छन् ।

स्याङ्जा र तनहुँका एक÷एक संक्रमित नेपाली सेनामा कार्यरत रहेको र म्याग्दीका नेपाल प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका रहेको बताइन्छ ।

Comments
Loading...