७४३ जना संक्रमित थपिए, आठ जनाको मृत्यु

पोखरा,८ भदौ । पछिल्लो २४ घण्टामा देशभर ७४३ संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको कुल संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।

Comments
Loading...