विदेशबाट आउँदा पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरु क्वारेन्टिनमा बस्नु नपर्ने, सिधै घर जान पाउने

पोखरा,९ भदौ । विदेशबाट आउँदा पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरु एयरपोर्र्टबाटै सिधै घर जान पाउने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने जनाएका छन् ।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु एयरपोर्टबाट सिघै घर जान पाउने स्पष्ट पारेका हुन् ।

सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने उनले बताए ।

Comments
Loading...