आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’

पोखरा,१३ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सचिवालय सदपूर्व सदस्य एव) पूर्व उपप्रधानमन्त्री वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।

आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो शुक्रबार यूट्यूवबाट रिलिज गरिएको छ ।

राष्ट्रभक्तिमा आधारित रहेको गीतलाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्दादन गरेका छन् ।

गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित छन् । प्राय गीतहरु राष्ट्रियताले ओतप्रोत छन् । त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।

Comments
Loading...