आर्मी मुख्यालयमा सैनिक जवानले गोली हानेर गरे आत्महत्या

काठमाडौँ,१४ भदौ । तनहुँ घर भएका एक सैनिक जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आफैले बोकको बन्दुकले कन्चटमा गोली हानी आत्महत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे । उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

‘आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’ उनी आपूर्ति तथा परिवहन गणमा कार्यरत थिए ।

 

Comments
Loading...