सरकारको निर्णय : लामो दूरीका बस भदौ मसान्तसम्म चल्न नपाउने

काठमाडौैँ,१४ भदौ । कोरोना संक्रमण बढेको भन्दै आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सार्वजनिक यातायात अव भदौ मसान्तसम्मनै बन्द गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म बन्द गर्र्ने निर्णय भएको जनाइएको छ ।

यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

Comments
Loading...