अब सँधैका लागि जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

काठमाडौँ,१४ भदौ । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।

अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।

Comments
Loading...