पोखरामा तीन सहित गण्डकीमा सात संक्रमित थपिए

पोखरा,१५ भदौ । पोखरामा आज विहान तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको वडा नं ६,१५ र वडा नं ८ मा एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी लमजुङमा एक,तनहुँमा एक तथा गोरखामा दुई जना थपिएका छन् ।

लमजुङका संक्रमित पोखरामा उपचार गरिरहेको र अन्य सबै जना कन्ट्याक्ट ट्रेसिङबाट संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशमा संक्रमित दुई हजार १४४ पुगेका छन् ।

Comments
Loading...