संसारकै कान्छी राष्ट्रप्रमुखले गरिन् फुटबलरसँग विवाह

एजेन्सी, २१ साउन । फिनल्याण्डकी प्रधानमन्त्री सना मारिनले आफ्नो मित्र मार्कस रायकोनेनसँग विवाह गरेकी छिन् । मार्कस फिनल्याडको फुटबल टोलीमा रहिसकेका छन् ।

सना संसारकै सबैभन्दा कान्छी राष्ट्रप्रमुख हुन् । उनीहरु १६ वर्षदेखि नजिक रहँदै आएका थिए । सनाले इन्स्टाग्राममा विवाहबारे जानकारी दिएकी छिन् ।

गत डिसेम्बरमा फिनल्याण्डको प्रधानमन्त्री पदमा चुनिएको बेला मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । मरिनले आफ्नो मन्त्रिमण्डलमा वहुमत मन्त्रालय महिलाको जिम्मामा दिएकी छिन् ।

विवाहपछि सनाले भनेकी छिन्, ‘हामी युवा अवस्थादेखि सँगै थियौं । एक वर्षअघि देखि थप नजिक भयौं । अहिले एक सुन्दरी छोरीको बाबु(आमा पनि हौं । मार्कस तिमीले मलाई सधैं साथ दियौ । यसका लागि धन्यवाद ।’ उनीहरुको विवाह अगाडि जन्मिएकी छोरी दुई वर्षकी भइसकेकी छिन् ।

Comments
Loading...