भारतमा कोरोना महामारी : २० लाख संक्रमित, ४० हजारको मृत्यु

एजेन्सी । भारतमा कोरोना संक्रमण डरलाग्दो गरी बढिरहेको छ । कोरोना महामारीले हालसम्म संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको अन्तरराष्ट्यि समाचार माध्यमहरुले जनाएका छन् ।

भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ७ सय पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको छ । जुलाई २८ यताको ९ दिनमा मात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

Comments
Loading...