पोखराका पत्रकार रेग्मीलाई मातृशोक

पोखरा,२७ साउन । पोखराका पत्रकार पदम रेग्मीलाई मातृृशोक परेको छ ।

रेग्मीका आमा पर्वतको मोदी गाउँपालिका–८ चित्रे निवासी गोमादेवीको सोमबार ९२ वर्षको उमेरमा निधन भएको हो । मृतकका एक छोरी तथा एक छोरा र चार नाति नातिना छन् ।

पत्रकार रेग्मी माछापुच्छ«े साप्ताहिकका सम्पादक तथा प्रेस संगठन नेपालका सल्लाहकार हुन् । यसैबीच प्रेस संगठन नेपाल कास्कीले आज एक शोक वक्तव्य जारी गरी पत्रकार रेग्मीलाई मातृशोक परेकामा दुःख व्यक्त गर्दै स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संगठनका संयोजक माधव बराल र सहसंयोजक सन्देश श्रेष्ठद्धारा जारी वक्तव्यमा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Comments
Loading...