प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

पोखरा,३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएकोे छ ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको हो । प्रम ओलीले मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएको बताइन्छ । दुई नेताबीच पछिल्लो समय बढेको कोरोना समस्या तथा दुई देशबीच विवादका विषयमा समेत सामान्य छलफल गरेको बताइन्छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले टेलिफोन संवाद भएको जानकारी दिँदै थप विवरण परराष्ट् मन्त्रालयबाट सार्वजनिक हुने जानकारी दिएका छन् ।

Comments
Loading...