आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

पोखरा,३२ साउन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य रु एक का दरले बढाएको जनाएको छ । तीन पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।

Comments
Loading...