सामाजिक विकासमन्त्री कोरोना संक्रमित

काठमाडौँ, १६ भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनमा कोरोना पोजिटिभ देखिएको थियो । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेको र उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

Comments
Loading...