कोरोनाबाट मृत्यु भएका स्वास्थ्यकर्मीलाई शहीद घोषणा गर्न जनस्वास्थ्यकर्मी महासंघको माग

पोखरा,१६ भदौ । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेश कमिटीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा संक्रमित भई मृत्यु भएका महोत्तरीको मनरा सिस्वा नगरपालिका–४ का ३७ वर्षीय स्वास्थ्यकर्मी(हेल्थ असिस्टेन्ट) लाई शहीद घोषणा गर्न माग गरेको छ ।

महासंघ प्रदेश कमिटीका अध्यक्ष शिब केसीले आज एक विज्ञप्ती जारी गरी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा कोभिड–१९ संक्रमित भई उपचारको क्रममा गत भदौ १२ गते ती स्वास्थ्यकर्मीले ज्यान गुमाएको घटनाले आफ्नो संगठनलाई मर्माहत तुल्याएको जनाएका छन् ।

“मृतकका परिवारलाई ससम्मान उचित राहतको व्यवस्था गर्न तथा रोगको रोकथाम, नियन्त्रण एवं उपचारमा संलग्न सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको पेशागत सुरक्षामा विशेष ध्यान दिन तीनै तहका सरकार सकक्षा हाम्रो संगठन जोडदार माग गर्दछ।” विज्ञप्तीमा भनिएको छ ।

Comments
Loading...