बाग्लुङ बाढी अपडेट : १४ जनाको मृत्यु, ३९ जना बेपत्ता(बेपत्ताको नाम सहित)

पोखरा,१८ भदौ । बाग्लुङको ढोरपाटन नगरपालिकामा गएरातिको बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यसैगरी घटनामा ३९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका–९ भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटमा पहिरो जाँदा सोही ठाउँमा बस्ने व्यक्तिहरु पहिरोमा बेपत्ता भएका थिए ।
बाढीमा बेपत्ता हुनेहरुमा ोरपाटन नगरपालिका ९ द्वाल बस्ने बर्ष २०।२२ का जीवन बिक, वर्ष २३।२४ को नारायण बिक, निजको श्रीमती बर्ष २०।२१ कि टेकमाया बिक, निजहरुकै छोरी बर्ष एक की नाम नखुलेकी बालिका, सोही ठाउँका वर्र्ष १५।१६ कि मनिषा बिक, घट्टेचौर बस्ने बर्ष २८ कि शनि बिक,निजको छोराहरु बर्ष ९।१० को रोशन बिक, वर्र्ष ४।५ को रवि , नाम नखुलेको १५ दिनको वच्चा एक, वर्ष २५।२६ कि मन कुमारी बि.क,वर्ष २९।३० को प्रेम पुन, भुसुन्डे बस्ने बर्ष २०।३० कि कुमारी बिक,वर्ष १४।१५ को समुन्द्र विक,वर्ष १०।१२ कि पुनम बिक,वर्ष ३०।३१ को जीत बहादुर घर्ती,वर्ष ४३।४४ को राजु घर्ती,घट्टेबोट बस्ने बर्ष ३५।३६ कि करमती बुढा, बर्ष ३५।३६ कि रिना कुमारी घर्ती,वर्ष २०।२२ कि दिलमया पुन,निजको छोरी बर्ष ३।४ कि प्रकृति पुन, वर्ष ६०।६१ कि डोटी पुन, सानो कुगु बस्ने बर्ष ३५।३६ को हेम बहादुर बिक तथा उनका श्रीमति वर्ष ३४।३५ कि उजेली बिक, छोरा ८ वर्षका दलु बिक तथा उनका बच्चा १० महिनाको नाम नखुलेको छन् ।

त्यसैगरी बेपत्ताभएका अन्यमा बर्ष ४०।४१ को कर बहादुर बिक, उनका श्रीमती बर्ष ३७।३८ कि हस्तमाया , दुनेपधेरा बस्ने बर्ष ६०।६५ कि तुलमती घर्ती,लाकुरी बोट बस्ने बर्ष ५५।५६ कि कौशिला पुन,निजको छोरा बर्ष २०।२१ को विशाल पुन,पावरहाउस बस्ने बर्ष २५।२६ कि धनमाया बि तथा निजको छोरा बर्ष २।३ को नाम नखूलेको बालक, सुप्राङ बस्ने बर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार, गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४।२५ को नबिन भण्डारी तथा ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र बर्ष नखुलेका अन्य तीन जना छन् ।

घटनामा ढोरपाटन नगरपालिका–४ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन, वर्ष २८ की सरीता घर्ती,वर्ष ४२ को धर्मेन्द्र पुन र वर्ष ५४ की बेलमती पुन घाईते भएकामा उपचार भइरहेको छ ।बाढीले भुसुण्डेमा पार्कीङ गरी राखेको ग१ज ४१२५ नं.को पिकअप जीप समेत बगाई लगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोले के कती मानविय, चौपाय तथा भौतिक क्षति भएको नभएको र उद्धार तथा खोजीकार्य भईरहेको प्रहरीको भनाई छ ।

मृतकहरु मध्येमा दुई जनाको मात्र शनाखत भएको छ । भट्टेचौरका २६ वर्षीया केशमाया विक र लाकुरीबोटका ४५ वर्षीय करबहादुर विकको सनाखत भएको जनाइएको छ । बाढी पहिराले दुई वटा मोटरसाईकल बगाएको, ढोरपाटन नगरपालिका–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन, लाकुरिबोट स्वास्थ्य चौकीको भवन लगायत स्थानीय ३१ वटा घर पूर्ण रूपमा बगाएर क्षति भएको छ ।

साथै जनचेतना प्राथमिक विद्यालयको चार कोठे भवन, सरस्वती प्राथमिक विद्यालयको दुई कोठे भवन, भुजिखोला जलविद्युत आयोजनाका चार वटा भवन समेत क्षती भएको प्रहरीले जनाएको छ ।

Comments
Loading...