खानेपानीका कर्मचारी रु २५ हजार घुस सहित पोखरामा पक्राउ

पोखरा,२५ भदौ । पोखरामा खानेपानी संस्थानमा कार्यरत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले खानेपानी संस्थान विन्ध्यवासिनी इकाइमा कार्यरत कृष्णहरि वाग्लेलाई रु २५ हजार घुस सहित पक्राउ गरेको जनाएको छ ।

पोखरा महानगरपालिका–१ बगर ट्याक्सीचोकस्थित एक रेष्टुरेन्टबाट विहान ११ः०० बजे पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

सेवाग्राहीको घरमा पानीको मिटर विग्रिएर अस्वभाविक बिल आउन थालेपछि त्यसका बारेमा जानकारी गराउँदा र मर्मतका लागि आग्रह गर्दा वाग्लेले घुस मागेको जनाइएको छ ।

Comments
Loading...