रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

हिमाली आवाज । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले वसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनबाट निवर्तमान अध्यक्षमा विश्वराज पौडेल चयन हुनुभएको छ। त्यस्तै प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा निर्वाचित हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनीलबहादुर भट्टराई, राजबहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष गौतमसहित सम्पूर्ण कार्यसमितिले रेवान पोखराको संस्थागत विकास, पर्यटन प्रवद्र्धन तथा पोखराको रेष्टुरेण्ट व्यवसायको विकास र व्यवसायीको हितमा काम गर्ने अपेक्षा गरिएको छ। नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई व्यवसायी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Comments
Loading...