मणिपालमा उपचाररत पोखराका ७० वर्षीय कोरोना संक्रमितको मृत्यु

पोखरा,३० भदौ । पोखरामा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं ९ का ७० वर्षीय पुरुषको विहान ११ः२०बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गत भदौ २५ गते अस्पताल भर्ना भएका उनको भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सरको समेत बिरामी भएको जनाइएको छ । हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

त्यसैगरी पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा चार संक्रमित थपिएका छन् । पोेखरामा दुई, स्याङ्जामा एक र गोर्खामा एक जना थपिएका हुन् ।

Comments
Loading...