हिमाली आवाज । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखराको महेन्द्रपुलमा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ ।
नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडिरेक्ट प्रालिले महेन्द्रपुल चोकमा सञ्चालनमा ल्याएको स्टोरको मंगलबार कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवालले उद्घाटन गर्नुभयो ।
स्टोरमा शाओमीका स्मार्टफोन तथा एसेसरिजसँगै स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मोनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न सामग्री बिक्री तथा अवलोकनका लागि राखिएको स्टोर सञ्चालक मनोहर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्टोरबाट ग्राहकले शाओमीका विभिन्न उत्पादन एउटै स्थानबाट अवलोकन तथा खरिद गर्न सक्नेछन् । शाओमीलाई स्मार्टफोनमा मात्र सीमित नराखी कम्पनीका सम्पूर्ण प्रविधि तथा उत्पादन उपभोक्तामाझ पुर्याउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक अग्रवालले बताउनुभयो । आधुनिक प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्याउँदै दैनिक जीवन सहज बनाउने शाओमीको अवधारणालाई स्टोरले थप विस्तार गर्ने उहाँको भनाइ थियो ।
कम्पनीले पोखरामा सञ्चालनमा ल्याइएको स्टोरकै अवधारणामा अन्य प्रदेशका सहरमा पनि छिट्टै स्टोर विस्तार गर्ने तयारी गरेको अग्रवालले जानकारी दिनुभयो । स्मार्ट जीवनशैलीका लागि आवश्यक सबै उत्पादन उपभोक्ताको नजिक पुर्याउने कम्पनीको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
स्टोर शुभारम्भको अवसरमा होम अप्लायन्सेसका सामग्री खरिदमा १० प्रतिशत र टिभीमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । स्मार्टफोन खरिदमा पनि विभिन्न अफर उपलब्ध रहेको उहाँले बताउनुभयो ।
