विहानै कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० संक्रमित थपिए

पोखरा,३१ भदौ । गण्डकी प्रदेशमा आज विहानै थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीमा २९ जनामा संक्रमण पुष्टि भएको छ । पोखराको वडा नं ४ मा आठ जना संक्रमित भएका छन् । उनीहरु सबै जना सुरक्षाकर्मी हुन् ।

त्यसैगरी वडा नं ८ मा तीन, वडा नं ५ मा एक, वडा नं ११ मा पाँच, वडा नं २७ मा ४, वडा नं १५ मा दुई, वडा नं १० मा दुई, वडा नं ९, वडा नं ६ र वडा नं १ मा एक÷एक जना छन् । त्यसैगरी रुपा गाउँपालिकामा एक जना संक्रमित छन् ।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा तीन, तनहुँमा पाँच र गोरखामा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार १६६ पुगेको छ ।

Comments
Loading...