संविधान दिवसका अवसरमा काहुँमा खुला रक्तदान कार्यक्रम

पोखरा,३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा आज पोखरा महानगरपालिका–११ काहुुँमा खुला रक्तदान कार्यक्रम आयोजना गरियो ।

काहुँ एकीकृत विकास समन्वय समितिको आयोजनामा भएको कार्र्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला तथा रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले पहिलो रक्तदाता वडा सदस्य मीनबहादुर गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष बास्तोलाले सामाजिक संघ संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटीका अध्यक्ष हर्कबहादुर विश्वकर्मा, सचिव नारायणप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी पोखरा ११ उपशाखा सभापति दशरथ आचार्य, संस्थाका सल्लाहकार नारायणप्रसाद अधिकारी, युवा रेडक्रस सर्कल पोखरा ११ का संयोजक विनोद लामिछाने, काहुँ गाविसका भूपू अध्यक्ष चित्रप्रसाद लामिछाने,,रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, रानीपौवा टोल विकास संस्थाका अध्यक्ष प्रेमप्रसाद कर्माचार्य,एनएमबी बैँक पोखरामा अपरेशन म्यानेजर अमृत बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

काहुँ एकीकृत विकास समन्वय समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सहसंयोजक मीनबहादुर केसी र सञ्चालन सचिव वामदेव गौतमले गरेका थिए ।

Comments
Loading...