स्याङ्जामा पहिरोमा पुरिएर एकको मृत्यु, आठ बेपत्ता 

हिमाली आवाज । स्याङ्जामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको  छ भने आठ जना बेपत्ता भएका छन्।

वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन्। एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ।  घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

Comments
Loading...