पोखरा जेसिजद्धारा विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा १३ असोज । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सचेतना जगाउँदै पोखरा जेसिजले मणिज्योती आधारभुत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका–१८ सराङकोटमा रहेको सो विद्यालयलाई मास्क, सेनिटाईजर लगायत स्वास्थ्य सामग्री सहित कोरोना भाइरसबाट जोगिने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । कोरोना भाइरसको विद्यालय बन्द हुदाँ विद्यार्थीलाई निकै असर गरिरहेको र कोरोनालाई आत्मसाथ गर्दै जेसिजले शिक्षाको क्षेत्रमा सहयोग गरेको हो ।

जेसिजले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कार्यक्रममा पोखरा महानगरपालिका–१८ का वडा अध्यक्ष रणबहादुर थापाले कोभिडको कारण विद्यार्थी र शिक्षकबीच बढेको दूरीलाई चिर्नको लागी स्वास्थ्य सामग्री महत्वपूर्ण आधार रहेको औल्याए ।

पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले विद्यालय र जेसिजबीच गहिरो सम्बन्ध रहेको बताए । विद्यालयलाई आवश्यक अनुसार हरेक समयमा सहयोग गर्न जेसिज तयार रहेको उनको भनाइ छ । कार्र्यक्रम संयोजक मिनराज खड्काले सहयोग गर्न पाउँदा खुःसी लागेको बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम संयोजक विनु श्रेष्ठले कोरोनाको कारणले बालबालिकामा नकारात्मक असर पर्न सक्ने बताउँदै उनीहरुलाई दैनिक रुपमै अध्ययन गराउन आग्रह गरिन् ।

विपना बास्तोलाले कोरोना भाइरसबाट जोगिन केके गर्नुपर्छ भन्नेबारेमा जानकारी दिएकी थिईन् । सहयोगप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन बहादुर बानियाँले धन्यवाद व्यक्त गरे ।

Comments
Loading...