आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं,२२ असोज । आज एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार बंगालको खाडीको उत्तर(पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Comments
Loading...