पोखरामा विद्युतीय स्कुटर प्रयोगकर्ता बढे, ‘टिभिएस आइक्युब’ बन्यो पहिलो रोजाइ

हिमाली आवाज । देशको पर्यटकीय शहर पोखरामा केही वर्षअघिसम्म सडकमा पेट्रोलबाट चल्ने स्कुटरको बाहुल्य देखिन्थ्यो । अहिले भने दृश्य विस्तारै बदलिँदै गएको छ । पेट्रोलको बढ्दो खर्च, विद्युतीय सवारी सञ्चालनमा हुने तुलनात्मक बचत र वातावरणमैत्री यात्राप्रतिको आकर्षणका कारण पोखरामा विद्युतीय स्कुटर प्रयोग गर्ने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

विद्युतीय स्कुटरप्रतिको बढ्दो आकर्षणसँगै बजारमा विभिन्न ब्रान्ड र मोडल उपलब्ध छन् । चिनियाँ ब्रान्डका विभिन्न मोडलसँगै एथर, बजाज चेतक र टीभीएस आइक्युवले ग्राहकको ध्यान तानिरहेका छन् । पोखरामा अन्य ब्राण्ड पनि थपिने क्रममा छन् भने विद्युतीय सवारी बिक्रीमा समेत प्रतिस्पर्धा सुरु भएको छ । यही प्रतिस्पर्धाबीच टीभीएस आइक्युवले पोखराको विद्युतीय स्कुटर बजारमा आफ्नो प्रभाव विस्तार गर्न सफल भएको छ ।

पोखरामा टिभिएस ब्राण्डको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालि रहेको छ । नयाँ बजारमा यसको शोरुम र सर्भिस सेन्टर समेत सञ्चालनमा छ । ग्राहकले टिभिएस आइक्युब स्कुटर किन्दा मूल्य र डिजाइनसँगै ब्याट्रीको आयु, वारेन्टी, सर्भिस सुविधा, स्पेयर पार्टस सहज प्राप्त हुने भएकाले ग्राहकको विश्वास जित्दै गएको स्क्वायर्स मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठ बताउनुहुन्छ ।

विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकको प्रमुख चासो ब्याट्रीमा हुने गरेको छ । ब्याट्रीको आयु, क्षमता र प्रतिस्थापन खर्चबारे ग्राहकले बढी जानकारी खोज्ने गरेका छन् । तर विद्युतीय स्कुटरका लागि मोटर र मोटर कन्ट्रोल युनिट (एमसीयू) पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
“आइक्युवमा ब्याट्री, मोटर र एमसीयूजस्ता प्रमुख भागमा पाँच वर्षसम्मको वारेन्टी उपलब्ध छ । वारेन्टीले समेट्ने पाट्र्स, किलोमिटर सीमा र अन्य सर्तबारे ग्राहकलाई स्पष्ट जानकारी दिने गरेका छौँ । बजारमा विभिन्न ब्रान्डले वारेन्टीका सुविधा सार्वजनिक गर्दै आए पनि त्यसले वास्तवमा कुन–कुन पाट्र्स समेट्छ भन्ने विषय ग्राहकका लागि महत्वपूर्ण हुन्छ । ” श्रेष्ठले भन्नुभयो ।

विद्युतीय स्कुटरको बजार विस्तारसँगै बिक्रीपछिको सेवाको विषय पनि ग्राहकको प्राथमिकतामा पर्न थालेको छ । सवारीमा समस्या आएमा तत्काल कहाँ सर्भिस गर्ने र आवश्यक पाट्र्स सहज रूपमा पाइन्छ कि पाइँदैन भन्ने विषयले ग्राहकको रोजाइमा प्रभाव पार्ने गरेको छ ।

टीभीएस पोखराले आफ्नो ईभी सर्भिस सेन्टरलाई विद्युतीय सवारीका लागि समर्पित ठूलो र व्यवस्थित सर्भिस केन्द्रका रूपमा सञ्चालन गरिरहेको जनाएको छ । नियमित सर्भिस, समस्या पहिचान तथा मर्मतका लागि छुट्टै कार्यस्थल र प्राविधिक जनशक्तिको व्यवस्था गरिएको प्रवन्ध निर्देशक विनोज पोटे बताउनुहुन्छ । उहाँका अनुसार बिक्रीपछिको सेवा र पाट्र्सको सहज उपलब्धताका कारणले समेत आइक्युवप्रति ग्राहकको विश्वास बढाएको छ ।

“टीभीएस पोखराले स्थानीय प्राविधिकलाई समेत आइक्युवको प्राविधिक ज्ञान र मर्मतसम्बन्धी तालिम प्रदान गर्दै आएको छ । यसले सर्भिसलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास छ भने आवश्यक स्पेयर पाट्र्सको उपलब्धता र उचित मूल्यलाई पनि प्राथमिकतामा राखेका छौँ । ” पोटेले भन्नुभयो ।
पोखरामा टीभीएसको बजार उपस्थिति विद्युतीय स्कुटरमा मात्र सीमित छैन । १२५ सीसी पेट्रोल स्कुटरको श्रेणीमा टीभीएस एनटर्कले पोखरामा राम्रो बजार बनाएको छ ।

पहिलेदेखि टीभीएसका पेट्रोल स्कुटर प्रयोग गर्दै आएका ग्राहकका लागि विद्युतीय विकल्प खोज्दा आइक्युव पनि रोजाइमा पर्ने गरेको बताइन्छ । स्थापित ब्रान्ड, सर्भिस नेटवर्क र बिक्रीपछिको सेवासँगको परिचयले नयाँ विद्युतीय स्कुटर खरिदमा समेत ग्राहकलाई सहज बनाएको प्रवन्ध निर्देशक पोटेले बताउनुभयो। टीभीएसले अर्बिटर विद्युतीय स्कुटर सार्वजनिक गरेसँगै ग्राहकका लागि अर्को विकल्प थपिएको जनाएको छ । आइक्युवसँगै अर्बिटर उपलब्ध हुँदा फरक बजेट र प्रयोगको आवश्यकताअनुसार ग्राहकले मोडल छनोट गर्न सक्ने भएका छन् ।

विद्युतीय स्कुटरको प्रयोग बढेसँगै ग्राहकलाई यसको सञ्चालन र हेरचाहसम्बन्धी जानकारी दिनु पनि आवश्यक हुने टीभीएस पोखराको भनाइ छ । त्यसैले टेस्ट राइड तथा ग्राहकसँगको प्रत्यक्ष अन्तरक्रिया मार्फत चार्जिङ गर्ने तरिका, ब्याट्रीको हेरचाह, नियमित सर्भिस र विद्युतीय सवारीको उचित प्रयोगबारे जानकारी दिइँदै आएको जनाएको छ ।

दैनिक यात्रा गर्ने दूरी, घरमा चार्जिङको सुविधा र प्रयोगको आवश्यकताअनुसार विद्युतीय स्कुटर छनोट गर्न ग्राहकलाई सुझाव दिने गरिएको स्क्वायर्स मोटर्सले जनाएको छ ।  पोखरामा विद्युतीय स्कुटरको बजार विस्तार भइरहँदा ग्राहकका विकल्प पनि बढ्दै गएका छन् । यस्तो अवस्थामा स्कुटरको मूल्य र डिजाइनसँगै ब्याट्री, वारेन्टी, सर्भिस सुविधा र स्पेयर पाट्र्सको उपलब्धतालाई समेत ग्राहकले तुलना गर्न थालेका छन् ।

Comments
Loading...