सुकुम्वासीलाई जग्गा उपलव्ध गराईदिने भन्दै पोखरामा रकम उठाउने आठ पक्राउ

हिमाली आवाज । सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलव्ध गराईदिने झुठा व्यवहोरा देखाई ठगी गरेको अभियोगमा पोखरामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुुच्छ«े गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हिराबहादुुर तामाङ,म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार,सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रिता विश्वकर्मा र पोखरा–१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा–१३ का ३७ वर्षीया सीता सुनार,सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशंकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका–१४ भोटेचौैतारा सुकुम्वासीवस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमीनमा घर जग्गा उपलव्ध गराईदिने भर विश्वास दिलाएको र तत्कालै फिल्डमा उक्त जमीनमा अमिन लगेर नाप जाँच गर्ने भनि रकम उठाएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुुमार श्रेष्ठले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद रु एक लाख ६१ हजार सहित नगदी रसिद प्याडहरु,प्याडको अर्धकट्टी,विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो,विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान,नगद उठाको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको बताइन्छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता अनुसार ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्सर्टसन) सम्वन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Comments
Loading...