तनहुँमा ३० वर्षपछि फरार प्रतिवादी पक्राउ

हिमाली आवाज । तनहुँ प्रहरीले ३० वर्षपछि एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले विसं २०४८ वैशाख १९ गते   जिल्ला अदालत तनहुँको निर्णयले नौ वर्ष छ महिना कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्धाको एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला तनहुँ  घिरिङ गाउँपालिका ५ हटिया बस्ने ६६ वर्षीय जोक बहादुर श्रेष्ठ रहेका छन् । पक्राउ परेका निज उपर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...