पोखरामा उपचाररत बाग्लुङका कोरोना संक्रमित पुरुषको मृत्यु

हिमाली आवाज । पोखरामा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाग्लुङ नगरपालिका–२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसोे १२ः१० मा चरक मेमोरियल अस्पताल, पोखरामा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित पुरुष असोज २५ गते अस्पताल भर्ना भएका थिए । उनमा कोरोनासँगै मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको जनाइएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगेको निर्देशनालयले जनाएको छ । आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका एक संक्रमितको मृत्यु भएको थियो ।

Comments
Loading...