पोखराको रामबजारबाट लागूऔषध सहित एक जना पक्राउ

हिमाली आवाज । प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

कास्की जिल्लामा लागूऔषध ओसारपसार तथा बिक्रीबितरण भईरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुधबार राति अन्दाजी १ः३० बजेको समयमा नदीपुरबाट अन्नपुर्ण गाउँपालिका–१० घर भई हाल रामबजार बस्ने २० वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।

निलो रंगको प्लाष्टिकको झोलामा लुकाई छिपाई लागूऔषध गाँजा ६५० ग्राम लिएर बाटोमा हिडिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका विकलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत जिल्ला अदालतबाट १८ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments
Loading...