पोखरामा ५३ सहित गण्डकीमा ७६ संक्रमित थपिए

हिमाली आवाज ।पोखरामा आज ५३ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी गण्डकीमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ५७७ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालनाका अनुसार प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीमा ३० सहित नबलपरासी पूर्वमा पाँच, स्याङ्जामा दुई, गोरखाका नौ, तनहुँमा तीन, लमजुङ एक, म्याग्दी र बाग्लुमा दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो निर्देशनालयले जनाएको छ ।
पोखराका संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको फिभर क्लिनिकबाट पहिचान भएको जनाइएको छ ।
गोरखाका संक्रमितमा तीन जना नेपाल प्रहरी र १ जना नेपाली सेनामा कार्यरत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

Comments
Loading...