कोरोना संक्रमित चार करोड, मृतक ११ लाख

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ४४ हजार ८८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ९६ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ११ हजार ९९८ संक्रमितको मृत्यु भइसकेको छ ।

Comments
Loading...