देशका ७५३ वटै स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैपटक शिलान्यास गरिने

काठमाडौँ ।  सरकारले देशका ७५३ वटै स्थानीय तहमा अस्पताल बनाउने भएको छ । अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गरिने समेत भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा यस्तो सहमति भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए ।

सरकारले मुलुकभर एकैपटक ३७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्त्वाकांक्षी योजना अगाडि सारेको छ ।

एकीकृत योजनाअन्तर्गत प्रादेशिक र संघीय अस्पतालहरुसमेत छन् । मन्त्रालयले १२ सय थान भेन्टिलेटर, ३५ सय थान हाई डिफेडेन्सी युनिट र तीन हजार थान आईसीयूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ ।

Comments
Loading...