अर्थ तथा विकास समितिका सभापति कोइरालालाई कोरोना संक्रमण

हिमाली आवाज । गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उहाँका चालकमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि दुबैले सोमबार नमूना दिएकामा आज संक्रमण पुष्टि भएको सभापति कोइरालाले हिमाली आवाज डटकमलाई जानकारी दिनुभयो । चालकमा पनि संक्रमण देखिएको छ ।

आफूमा सामान्य लक्षण बाहेक अन्य खासै समस्या नरहेको उहाँले बताउनुभयो ।“हिजो नमूना दिएको थिँए, आज पोजिटिभ आयो । मलाई खासै समस्या छैन, आइशोलेसनमा रहेर संक्रमणमुक्त भएपछि नियमित काममा फर्किने छु ।” कोइरालाले भन्नुभयो ।

 

Comments
Loading...