गण्डकीमा दुई संक्रमितको मृत्यु,१८ थपिए

हिमाली आवाज । गण्डकी प्रदेशमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासीको गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको हिजो विहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी म्याग्दीको धौलागिरी गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको हिजो राति पश्चिमाकञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

त्यसैगरी आज विहानै गण्डकीमा १८ संक्रमित थपिएका छन् । नवलपरासीमा १५, गोर्खामा एक र तनहुुँमा दुई संक्रमित थपिएका हुन् । प्रदेशमा संक्रमति छ हजार १०९ पुगेका छन् ।

Comments
Loading...