मठमन्दिर खुल्ला गर्न माग गर्दै कास्की प्रशासनमा धर्ना

हिमाली आवाज । मठ मन्दिर खुल्ला गर्न दबाब स्वरुप जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिइएको छ ।

हिन्दु परिषद् नेपाल, राष्ट्रिय धर्म सभा नेपाल , विश्व हिन्दु महासंघ लगायत कस्केली धार्मिक संघ–संस्था र धार्मिक अभियन्ता दीपक आचार्य, शंकर खराल, पार्बता पौडेल , कमल पौडेलहरुले बुधबार एक घण्टा दिनुभएको हो । धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई ज्ञापनपत्र बुझाईएको थियो ।

धार्मिक अभियन्ता विश्व हिन्दु महासंघ गण्डकी प्रदेश अध्यक्ष शंकर खरालले सबै खुलेको अबस्थामा मठ मन्दिर मात्र बन्द किन ? भनेर प्रश्न गर्नुको साथै मठ मन्दिर बन्द हुँदा सो आम्दानीबाट चल्ने गुरुकुल लगायत फूल बेचेर जिविका चलाउनेहरुको दैनिकि समेत कष्टकर भएको भन्दै तत्काल मन्दिर प्रवेशको बातावरण बनाउन माग गर्नुभयो ।

हिन्दु परिषद् नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यले कुन धर्म मान्ने भन्ने पुर्ण अधिकार व्यक्तिमा निहित रहेको र यो मौलिक हक भएको हुँदा यो हक प्रयोगमा राज्यले रोक्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संकटकाल लागेको अबस्थामा मात्र मौलिक हक प्रयोग गर्न नपाइने त्यो पनि बढिमा तिन महिना मात्र हो, अहिले नेपालमा संकटकाल घोषणा नभएको हुँदा यो आफ्नो संस्कार र संस्कृति मान्ने हक प्रयोग गर्न संबिधान को हिसाबले पनि नागरिकले छुट पाउनु पर्छ ।’

प्रजिअ ढकालले मन्त्रीपरिषद्को निर्यण अनुसारनै मठ मन्दिरमा सामान्य पूजा आजा बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको बताउँदै अभियन्ताहरुको भनाईलाई सम्बन्धित निकायमा पठाइदिने र जस्तो आदेश आउँछ त्यहीँ हिसाबले आफु अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

Comments
Loading...